Banijya News

पछिल्लो चौबिस घण्टामा थपिए १३३ जना कोरोना संक्रमित, १०७ जना भने डिस्चार्ज

1
1.0K Shares

काठमाडाैँ– नेपालमा पछिल्लो २४ घण्टामा १३३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा काेराेना स‌ंक्रमितको कुल संख्या १८ हजार ३ सय ७४ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले काठमाडौँका थप १० जनामा कोरोना पुष्टि भएको बताए।

पछिल्लो २४ घण्टामा १0७ जना काेराेना स‌ंक्रमित डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुकाे संख्या १२ हजार ९ सय ४७ पुगेकाे छ।

नेपालमा ३ हजार ९८७ जानको टेस्ट गर्दा १३३ को पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले बताए। योसँगै नेपालमा ५ हजार ३८३ सक्रिय संक्रमित रहेका छन् ।

1

Scroll to Top