Banijya News

वीरगञ्जको कोभिड-१९ विशेष अस्पतालमा भर्ना भएकी १ किशोरीको मृत्यु

1
1.0K Shares

वीरगञ्जको कोभिड-१९ विशेष अस्पतालमा भर्ना भएकी १ किशोरीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया किशोरीको वीरगञ्जको गण्डक कोभिड-१९ अस्पतालमा उपचारका क्रममा शुक्रबार भएको अस्पतालले जनाएको छ । पखाला लाग्ने र जिउ काम्ने गरेको उनमा स्वास प्रश्वासमा समस्या देखिएको थियो ।


आरडीटी रिपोर्ट पोजिटिभ देखिएकी युवतीको शुक्रबार साँझ ५ बजे मृत्यु भएको हो । तर, उनको पीसीआर रिपोर्ट भने आउन बाँकी नै रहेको कोबिड-१९ अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । बाराको परवानीपुर घर भएकी १९ वर्षीया ती युवतीलाई स्वास्थ्यमा समस्या भएपछि बुधबार वीरगन्जकै वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर रिपोर्ट नआएकाले शव अस्पतालमै राखिएको छ ।


बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो । आरडीटी एन्टीबडी पोजिटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा बिहीबार गण्डक कोभिड-१९ अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह मृत्यु भएको हो ।

वीरगञ्ज हेल्थ केयर अस्पतालका अनुसार बुधबार राति साढे १० बजे उनलाई नारायणी अस्पतालबाट वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो । आरडीटी पोजेटिभ देखिएपछि हेल्थ केयरमै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो । बिहीबार रिपोर्ट नआएपछि जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर गण्डक अस्पतालमा रेफर गरिएको अस्पतालका सञ्चालक डा अबुलहैस अन्सारीले बताए ।

1

Scroll to Top