श्रावण ११, काठमाडौं ।
सप्तरीका एक न्यायाधीशमा र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार उच्च अदालत जनकपुर, राजविराज इजलाशका ५८ वर्षिय न्यायाधीश र वडा प्रहरी कार्यालय राजविराजमा कार्यरत एक जना प्रहरीमा पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको हो ।
न्यायाधीश काठमाडौं निवासी र ३२ वर्षीय प्रहरी जवान सिरहा निवासी हुन् । न्यायाधीशमा संक्रमित देखिएपछि सरकारी वकील कार्यालयका साथै अदालतका न्यायाधीश र कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो । अन्यको रिपोर्ट भने आउन बाँकी छ । यो सहित सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।


