Banijya News

सुनको मूल्य फेरि १२ सय रुपैयाँले बढ्यो, कारोबार भने ठप्प

1
1.0K Shares

श्रावण १२, काठमाडौं ।
नेपाली बजारमा सुनको मुल्य बृद्धि हुने क्रमले आज पनि निरन्तरता पाएको छ । सोमबार मात्रै सुनको मुल्य प्रतितोला १२ सय रुपैयाँले बृद्धि भएको हो ।

आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन आज प्रतितोला ९७ हजार ६० रुपैयाँ पुगेको छ । आइतबार छापावाला सुन ९६ हजार ३ सय रुपैयाँमा रहेको थियो, भने तेजाबी सुनको मुल्य ९५ हजार ८ सय ६० रुपैयाँ कायम रहेको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेको छ । आइतबार ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि अहिले मूल्य उच्च दरमा बढिरहेको छ । त्यससंगै नेपाली बजारमा पनि सुन तथा चाँदीको मुल्यमा वृद्धि भईरहदा कारोबार भने ठप्प रहेको सुन्न चाँदी व्यवसायीको भनाई रहेको छ ।

1

Scroll to Top