Banijya News

कृषि उद्यम केन्द्रले गरेको काम र खर्चको विवरण बुझाउन महासंघसँग अख्तियारको माग

1
1.1K Shares

श्रावण १३, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रले गरेको काम र खर्चको विवरण बुझाउन माग गरेको छ ।

अख्तियारले कृषि विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र टेकुलाई सम्बोधन गर्दै एक जिल्ला एक कृषि उत्पादन कार्यक्रममा भएको खर्चको विवरणको सक्कल प्रमाण पेश गर्न माग गरेको हो ।

अख्तियारले प्युठानको स्वर्गद्वारी सिड कम्पनी प्रालि, इलामको एग्री टेक प्रालि, रसुवाको रसुवागढी एग्रो फर्म धुन्चे, रौतहटको रौतहट माछा तथा दाना उद्योग प्रालिमा सञ्चालन भएका कार्यक्रम र खर्चको विवरण पेश गर्न अनुरोध गरेको छ ।

त्यस्तै अख्तियारले उक्त ठाउँमा उद्योग सञ्चालन भए नभएको, उद्योग सञ्चालन भएपछिको अवस्था र सुरुवातीदेखि सञ्चालन हुँदासम्मको सबै खर्चको विवरण पेश गर्न भन्दै महासंघलाई पत्र काटेको हो ।

1

Scroll to Top