Banijya News

प्रहरीमा कोरोना आतंक, नक्सालमै थपिए २३ नयाँ संक्रमित

1
1.0K Shares

श्रावण १३, काठमाडौं ।
नेपाल प्रहरीको मुख्यालय नक्सालमा कार्यरत थप २३ जनामा कोभिड १९ पुष्टि भएको छ । यसअघि हेडक्वार्टरमा कार्यरत ४ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको सम्पर्कमा आएकाहरुको मंगलबार गरिएको परीक्षणमा मुख्यालयमा कार्यरत थप २३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले बताए ।

यसरी कोभिड देखिएकामध्ये संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेहरु रहेका छन् । उनिहरुलाई सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको छ ।

1

Scroll to Top