श्रावण १४, काठमाडौं ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १५ जना संक्रमित थपिएको बताए ।
मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंमा १४ र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सहित काठमाडौंमा ३ सय ५१ जना, भक्तपुरमा ५३ जना र ललितपुरमा ८९ जनामा कोरोना संक्रमण देखिएको छ ।


