काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । महासंघको केन्द्रीय कार्यसमितिको बैठक माग गर्दै ४० भन्दा बढी सदस्यले लिखित रुपमा पत्र दर्ता गराएपछि महासंघले बैंठक बोलाएको हो ।
महासंघको पदाधिकारी बैठकले साउन २६ र २७ गतेको ५४ औं साधारण सभा सरकारले सभा सम्मेलन गर्न दिएको १५ दिनपछि गर्ने गरी स्थगित गरेसँगै केन्द्रीय समिति बैठक माग गर्दै सदस्यहरुले लिखित पत्र बुझाएका थिए ।
महासंघको विधानमा एक चौथाई सदस्यले बैठक माग गरेको अवस्थामा १५ दिनभित्र केन्द्रीय समितिको बैठक राख्नु पर्ने प्रबधान भएपछि महासंघले केन्द्रीय कार्यसमिति बोलाएको हो । महासंघले साउन २१ गते बुधबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।


