अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई घुस लिएको आरोपमा पक्राउ गरेको हो ।
अख्तियारको टोलीले गोप्य सूचनाका आधारमा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई नागढुंगाबाट पक्राउ गरेको हो । घुस लिएको आरोपमा पक्राउ परेका उपाध्यायसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको रसिद रहेको थियो ।


