Banijya News

मध्यरातीबाट लागु हुनेगरी इन्धनको मूल्य बढयो

1
1.1K Shares

नेपाल आयल निगमले मध्यरातीबाट लागु हुने गरी इन्धनको मूल्य बढाएको छ । यस अगाडि पनि पटक पटक बढाउँदै आएको निगमले फेरी इन्धनको मूल्य बढाएको हो । नेपाल आयल निगमका अनुसार शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २ रुपैयाँले इन्धनको मूल्य बढेको हो ।
निगमले अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ विक्री गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले नेपालमा सोही अनुसार मूल्य समायोजन गर्न भाउ बढाएको निगमले बताएको छ ।

1

Scroll to Top