Banijya News

भारत उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणको कोरोनाका कारण मृत्यु

1
1.1K Shares

भारत उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणको कोभिड–१९ का कारण मृत्यु भएको छ । गएको जुलाई १८ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएकी उनको आइतबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।


उत्तर प्रदेश सरकारमा प्राविधिक शिक्षा मन्त्री रहेकी रानी सन् २०१७ मा भाजपाको उमेदवार थिइन् । कानपुरको घाटमपुर क्षेत्रबाट उम्मेदवार बनाएको थियो । सो क्षेत्रबाट विजयी हुने भाजपाकी उनी पहिलो विधायक थिइन् । गएको वर्ष मात्रै उनलाई मन्त्री बनाइएको थियो ।

उनको उपचारको क्रममा लखनउस्थित अस्पतालमै निधन भएको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

1

Scroll to Top