Banijya News

सुनको मूल्यमा सोमबार स्थिर, आज पनि बढ्यो सुन भाउ, तोलामा ९९ हजार ६०० रुपैयाँमा कारोबार

1
1.1K Shares

 सुनको मूल्यमा सोमबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले बताएको छ । महासंघका अनुसार आइतबार तोलामा ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । 
सुनको मूल्य हालसम्मकै उच्च ९९ हजार ६०० रुपैयाँ पुगेर सोमबार ब्रेक लागेको हो । 
यस्तै तेजावी सुन ९९ हजार १६० रुपैयाँमा कारोबार भएको छ  भने चाँदी पनि आइतबारकै मूल्य १२३० मा कारोबार भएको छ ।  सुनमा लगातार उकालो लागेपछि बजारमा किन्ने भन्दा विक्रीका लागि आउने बढी रहेका छन् । त्यस्तै, बैंक तथा बित्तीय क्षेत्रमा समेत सुन थुप्रिन पुगेको छ ।

1

Scroll to Top