स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छोड्ने निर्णय गरेका छन् । केही हप्ताअघि उनी भ्रष्टाचारसम्बन्धी मुद्दामा जोडिएका थिए ।
पूर्व राजा कार्लोसले पत्र लेखेर देश छोड्ने सम्बन्धि जानकारी छोरा फेलिपेलाई गराएका छन् । छोरा फेलिपेलाई ६ वर्षअघि ख्वानले सत्ता हस्तान्तरण गराएका थिए ।
८२ वर्षे कार्लोसले देश छाड्न लागेको जानकारी स्पेनकै राजदरबारले दिएको बीबीसीले जनाएको छ ।
साउदी अरेबियामा एउटा हाइ-स्पीड रेलको ठेक्काका विषयमा कार्लोसको कथित संलग्नताबारे गत जुन महिनामा स्पेनको सर्वोच्च अदालतले अनुसन्धान अघि बढाएको थियो । उनले कहिले देश छाड्छन् र कहाँ गएर बस्छन् भन्नेचाहिँ खुलाइएको छैन ।


