नेप्से परिसूचक बुधबार दोहोरो अंकले गिरावट आएको छ । बुधवार नेप्से परिसूचक २१.६१ अंकको गिरावटका साथ १३८२.२५ को विन्दुमा सीमित भएको छ । समग्र कारोबार मापक फ्लोट इन्डेक्स १.६१ अंकको गिरावटका साथ ९६.७३ को विन्दुमा पुगेको हो । आज नेप्सेमा सूचीकृतमध्ये १८६ कम्पनीका ३४ लाख ४७ हजार ७६५ कित्ता सेयर १ अर्ब २३ करोड ३९ लाख ६३ हजार ९३४ रुपैयाँमा कारोबार भयो ।
आज नेपाल पुनर्बीमा कम्पनीको १३ करोड ६१ लाख रुपैयाँबराबरको कारोबार भयो । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ९८ लाख रुपैयाँ, एनएमबी बैंकको ७ करोड १९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ८८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड १६ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सको ३ करोड २० लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको २ करोड ६९ लाख रुपैयाँ, मेगा बैंकको २ करोड ६१ लाख रुपैयाँ र एनआईसी एसिया लघुवित्तको २ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भयो ।
नेप्सेमा प्राविधिक समस्या
नेप्सेमा आएको केही प्राविधिक समस्याले केही अबेर सुचारु भएको थियो । नेप्सेका अनुसार सिस्टममा प्राविधिक समस्या देखिएकाले कारोबार समयमा विलम्ब हुने भएको हो । नेप्सेमा सामान्य अवस्थामा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार हुने गरेकोमा आज भने ढिलो सुरु भएको हो । धितोपत्र कारोबारमा नेप्सेको वेबसाइट र टीएमएसको तथ्यांकसमेत मेल नखाँदा लगानीकर्ताहरु अन्र्यौल छाएको थियो ।


