कोरोनाको संक्रमण बढदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा समेत कोरोना संक्रमण देखिएको छ । प्रचण्ड निवास खुमलटारको खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । उनीहरु सबै सुरक्षाको बाहिरी घेरामा खटिएका सुरक्षाकर्मी हुन् ।
बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्ड सहित परिवारका सबै सदस्यको स्वाब संकलन गर्दा सुरक्षकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’का अनुसार सुरक्षाकर्मीमा कोरोना देखिएपनि प्रचण्ड लगायत कुनै पनि सदस्यलाई संक्रमण देखिएको छैन ।


