Banijya News

पछिल्लो २४ घण्टामा ३६० संक्रमित थपिए, संक्रमितको कुल संख्या २१ हजार ७ सय ५०

1
1.0K Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३६० जनामा संक्रमण पुष्टि भएको बताए। आज ६ हजार ६२२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै कोरोना मुक्त हुनेको संख्या १५ हजार ३८९ पुगेको छ। नेपालका कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ भने  सक्रिय संक्रमितको संख्या थप ६ हजार २९६ रहेको छ। नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ।

1

Scroll to Top