नेपाल राष्ट्र बैंकले साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको हकप्रद निष्काशन गर्ने प्रस्तावलाई अस्वीकृत गरेको छ । बैंकको एघारौं वार्षिक साधारणसभाले चुक्ता पूँजीको चार बराबर एक अर्थात २५ प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेर राष्ट्र बैंकमा निवदेन दिएकोमा राष्ट्र बैंकले त्यसलाई स्वीकृती दिएन् । राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनलाई प्रोत्साहन गरेकाले थप मर्जर तथा एक्विजिसनमा जान सुझाव दिँदै हकप्रद निष्कासन अनुमति नदिएको हो ।
रेसुङ्गा त एक प्रतिनिधी पात्र मात्र हो । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई यसरी नै हकप्रद सेयर निष्कासनमा कडाई गरेको छ । केन्द्रीय बैंकले संख्यात्मक रुपमा बैंक वित्तीय संस्थालाई घटाउनका लागि हकप्रद सेयर निष्कासनमा कडाई गरेको हो ।
स्थायित्वका लागि मर्जरमा जानु पर्ने अहिलेको उत्तम उपाय रहेको कारणले पनि मर्जरलाई प्राथमिकतामा राखेर हकप्रदमा कडाई गरेको हो । मौद्धिक नीति सार्बजनिक गरेपछि नेपाल राष्ट्र बैंकले बैंक औपचारीक रुपमा हकप्रद निष्कासन गर्न नदिने भएपनि हकप्रदका लागि अनुमति लिन गएका बैंक वित्तीय संस्थालाई रोक्ने गरेको छ ।
विशेषगरी मौद्रिक नीतिमार्फत हकप्रद निष्काशनमा कडाइ गरेको राष्ट्र बैंकले गत आर्थिक वर्षमा नै हकप्रद सेयर निष्कासनको अनुमति माग्दै निवेदन दिएका प्रस्ताव समेत अस्वीकृत गरेको छ ।
राष्ट्र बैंकले औपचारीक रुपमा नदिने नीति नलिएको भएपनि मर्जरलाई प्राथमिकतामा राखेर अवरोध राष्ट्र बैंकले बताएको छ । हकप्रद सेयर निष्कासन गर्न नदिने नीति नै नलिएपनि मर्जरलाई प्रोत्साहन गरीने गरि वित्तीय सस्थालाई कन्भिस गरेको केन्द्रीय बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । उनको भनाई बाट पनि मर्जर तथा प्राप्तिको मार्फतबाट बैंक वित्तीय संस्थाको संख्या घटाउनका लागि नीतिगत सुहलियको व्यवस्था गरी पुँजी वृद्धिका अन्य विकल्पमा अनौपचारी रोक लगाएको स्पष्ट हुन्छ ।
राष्ट्र बैंकले २०७८ असार मसान्तभित्र गाभ्ने र गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी संयुक्त कारोबार सञ्चालन गर्ने बैंकले कुल निक्षेप दायित्वको दैनिक ३ प्रतिशत अनिवार्य मौज्दातमध्ये न्यूनतम ७० प्रतिशत रकममा ०.५० प्रतिशत विन्दुले छुट प्रदान पाउने व्यवस्था गरेको छ ।
केन्द्रीय बैंकले मर्जरलाई प्रोत्साहन गर्दै वैधानिक तरलता अनुपातमा १ प्रतिशत विन्दुले छुट दिने व्यवस्था गरेको छ । त्यसैगरी कुल स्वदेशी निक्षेपको ९ प्रतिशत वैधानिक तरलता अनुपात कायम गरे पुग्नेछ । मर्जरमा नजाने वाणिज्य बैंकले भने कुल स्वदेशी निक्षेपको १० प्रतिशत, कार्य गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले विकास बैंकलाई ८ र वित्त कम्पनीले ७ प्रतिशत तोकेको छ ।
मर्जरमा जानेले थप ५ प्रतिशत विन्दु छुट दिएको छ । यस्तै मर्जरमा जाने वाणिज्य बैंकले २०७९ असार मसान्तसम्म संस्थागत निक्षेपकर्ताबाट थप १० प्रतिशत विन्दुसम्म निक्षेपको अंश बढाएर ६० प्रतिशतसम्म निक्षेपको अंश कायम गर्न पाउने व्यवस्था गरेको छ ।


