Banijya News

परिस्थितिलाई मध्यनजर गर्दै आदिवासी दिवसलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउन प्रधानमन्त्रीको अपिल

1
1.1K Shares

आज विश्व आदिवासी दिवस मनाइदैछ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रूपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष अगस्ट महिनाको ९ तारिखमा यो दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि आइतबार २६ औं विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । तर, यो वर्ष कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका गत वर्ष जस्तो सडकमा जम्मा भएर यो दिवस मनाइँदै छैन । यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिनुभएको छ । उहाँले शुभकामना सन्देशमा २६ औं विश्व आदिवासी दिवसका अवसरमा नेपाललगायत विश्वभरका सम्पूर्ण आदिवासी जनजातिहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु भन्दै संसारभर रहेका आदिवासी जनजातिहरूले विशेष उत्सवकारूपमा मनाउने यस दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने संकल्पसाथ समृद्ध नेपाल(सुखी नेपालीको राष्ट्रिय आकांक्षा हामीले तय गरेका छौं’, भन्नुभएको छ । यस्तै, प्रधानमन्त्रीले यस्तो बेला विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को महामारीले नेपाललगायत विश्वमै नागरिकको स्वास्थ्य, सामाजिक र आर्थिक जीवनमा चुनौती खडा भएको छ भन्दै विश्वसामु खडा भएको यस चुनौतीलाई सामना गर्दै हामी राष्ट्रको आकांक्षा पूरा गर्ने दिशामा अग्रसर छौं भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीले सिर्जना गरेको परिस्थितिलाई मध्यनजर गर्दै यसपटक यस पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनुपर्ने बाध्यता हामीसामु छ । कोभिड-१९ को संक्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आ-आफ्नो स्थानमा रहेर विश्व आदिवासी दिवस मनाउन म सबैमा आह्वानसमेत गर्दछु भन्नुभएको छ ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले ‘दशकौं लामो राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिक रूपमा सुरक्षित गरी राजनीतिक संक्रमणकालको अन्त्य गरेपछि हाम्रो मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर छ ।

1

Scroll to Top