काठमाडौं । काठमाडौंको गोंगबुस्थित गणेश स्थानमा सुटकेशमा बन्द गरेको अवस्थामा शव फेला परेको छ । गोंगबु चोकबाट मनमैजु गणेशथान जाने बाटोको देब्रेपट्टी शव भेटिएको प्रहरी स्रोतले बताएको छ ।
टुक्राटुक्रा पारेर सुटकेसमा फालिएको अवस्थामा शव भेटिएको हो । अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।
महाराजगञ्ज प्रहरी र उपत्यकाको अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थल पुगेर घटनाबारे अनुसन्धान थालेको छ ।


