Banijya News

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एभरेष्ट बैंकको मुख्यालय बन्द

1
1.1K Shares

बैंकमा काम गर्ने कर्मचारीमा नै कोरोना संक्रमण देखिएपछि एभेष्ट बैकको मुख्य कार्यालयनै बन्द गरिएको छ । एभरेष्ट बैंकको खुख्य कार्यालय लाजिम्पाटस्थितका दुई कर्मचारीहरुलाई कोरोना भाइरस देखिएपछि कार्यालय नै बन्द गरिएको हो । एभरेष्ट बैंक स्रोतका अनुसार दुई दिनका लागि कार्यालय बन्द गरिएको हो ।

कर्मचारीहरुको शनिबार पीपीसीआर टेष्ट गरिदा दुई जनामा कोरोना संक्रमण देखाएको थियो । कुनै लक्षण र कुनै ट्राभल हिस्ट्री समेत नभएका उनमा कसरी कोरोना संक्रमण भएको हो सो खोजीको बिषय भएको उनले बताए । कोरोना पोजेटिभ देखिएका कर्मचारीलाई आइशोलेसनमा राखिएको छ ।


कर्मचारीहरुमा कोरोना भाइरस देखिएपछि सोमबार र मंगलबारका लागि कार्यालय बन्द गरिएको ति स्रोतले बताए । उनका अनुसार सुरक्षाका सम्पूर्ण सजकता अपनाएर अव बुधवार देखि उक्त कार्यालय खोलिने छ ।

1

Scroll to Top