Banijya News

वरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला

1
1.1K Shares

पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । कान्तिपुर दैनिकमा कार्यरत् वरिष्ठ पत्रकार बानियाँ तीन दिनदेखि सम्पर्कबिहिन थिए। मकवानपुरस्थित मान्दु हाइड्रोपावर तल सिस्नेरीमा फेला परेको शव बानियाँको भएको प्रहरीले पुष्टि भएको छ । बुधबार बिहान उनी बेपत्ता भएको भन्दै महानगरीय प्रहरी परिसरमा उजुरी परेको थियो। मकवानपुरको मान्दु हाइड्रोपावर तल सिस्नेरीमा भेटिएको बानियाँकै भएको मकवानपुर प्रहरीले पुष्टि गरेको छ। उनको बुधबार दिउँसो सनाखत भएको हो।

काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार मकवानपुरमा भेटिएको शव उनको भएको परिवारले सनाखत गरेका छन् । सोमबार नै बल्खुमा अन्तिम सम्पर्कमा देखिएका बनियाँलाई बागमतीले बगाएर त्यहाँ पु¥याएको हुनसक्ने अनुमान गरिएको छ। बुधबार बिहान मात्रै उनी तीनदिनदेखि बेपत्ता भएको भन्दै कान्तिपुर प्रकाशनले निवेदन दिएको थियो।

उनको परिवारले पनि खोजतलासको निवेदन दिन परिसर पुगेका थिए। तर परिवारलाई महानगरीय अपराध महाशाखामा पठाइएको छ। तनहुँ स्थायी घर भएका पत्रकार बानियाँका श्रीमती. एक छोरा र एक छोरी छन्।

1

Scroll to Top