Banijya News

कोरोना संक्रमण पुष्टि भएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोवामा

1
1.1K Shares

कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुखर्जीलाई बिहीबार बिहान दिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलको कोमामा राखिएको छ । ८४ वर्षीय मुखर्जीले गत सोमबार आफूलाई कोरोना संक्रमण पुुष्टि भएको सामाजिकमा आफै ट्वीट गरेर सार्वजनिक गरेका थिए ।


फरक प्रयोजनका लागि अस्पताल जाँदा कोरोना भाइरसको पनि परीक्षण गर्दा आफूमा संक्रमण पुष्टि भएको उनले ट्वीटमा जानकारी गराएका छन् । उनले पछिल्लो एक हप्तामा आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेशनमा बसी कोरोना भाइरसको परीक्षण गर्न आग्रह समेत गरेका थिए ।

उनी के रोग लागेर अस्पताल गएका थिए, सो बारे खुलाईएको छैन । समाजिक संजालमा अन्य प्रयोजनको लागि गएकोमा परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि गरेका थिए ।

1

Scroll to Top