Banijya News

पाँच जनाबढी जम्मा हुन नपाउने, यी हुन् आजदेखि काठमाडौंमा लागू भएका नियम

1
1.1K Shares

काठमाडौँमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुनेगरी बिशेष गतिविधिमा निषेध गरेको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिमको अधिकार प्रयोग गरी प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निश्चित गतिविधि निषेधको आदेश जारी गरेका हुन् ।


नयाँ आदेशमा आज देखि काठमाडौंमा ५ जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा थप कडाइ गर्दै शुक्रबार राति १२ बजेदेखि १५ भदौ मध्यरातसम्मका लागि काठमाडौं जिल्लाभर स्थानीय प्रशासन ऐन, गतिविधिहरू निषेध गर्ने निर्णय गरेको छ । आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले ५ सय रुपैयाँसम्म जरिमाना वा १ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्ने व्यवस्था रहेको हो ।


सो अवधिमा खुल्ला स्थानमा मानिसहरू भेला, भीड तथा जुलुस गर्न निषेध गरिएको छ । जात्रा महोत्सव, दैनिक हुने नित्य पूजाबाहेकका धार्मिक कार्य, उद्योग व्यापार व्यवासय अन्तर्गतका स्वास्थ्य मापदण्डविपरीतका कार्य, शैक्षिक संस्थाहरू संचालनमा पनि निषेध गरिएको छ ।

त्यस्तै, सभा, गोष्ठीलगायत, शैलुन ब्युटीपाल्लर जिमखाना, समूहमा खेलिन खेलकुद पुस्तकालय, संग्रहालय, चिडियाखना, पुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा सकाइकलमार्फत हुने विभिन्न व्यवसाय, स्वास्थ्य मापदण्डविपरीत श्रमिक ओसारपसार, टेक वेबाहेकका होटल रेस्टुरेन्ट संचालन गर्न निषेघ गरिएको जारी आदेशमा उल्लेख छ ।

’कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि तत्काल थप सतर्कता अपनाउनका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नेरगराउने सन्दर्भमा मिति २०७७-०४-३० गते राति १२ बजेदेखि मिति २०७७-०५-१५ राति १२ बजेसम्मका लागि काठमाडौं जिल्लाभरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम देहायबमोजिमका गतिविधिहरू गर्ने निषेध गर्ने गरी आदेश गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशमा भनिएको छ ।

1

Scroll to Top