Banijya News

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४६.१८५ प्रतिशतले घट्यो

1
1.1K Shares

श्रावण ३२, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा नाफा ४६.१८५ प्रतिशतले घट्ेको छ । जसअनुसार आर्थिक वर्षमा बैंकले १८ करोड ३९ लाख रुपैयाँ मात्र नाफा कमाएको हो ।

अघिल्लो वर्ष बैंकले ३४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बंैकले चौथो त्रैमाससम्म २८ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै बैंकले २२ अर्ब ९६ करोड कर्जा लगानी गरेको छ । बैंकले खुद ब्याज आम्दानी भने बढेर १ अर्ब ५ करोड १३ लाख रुपैयाँ पुगेमने छ । अघिल्लो वर्ष सांग्रिालाले ९९ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैकको वितरण योग्य नाफा ८ करोड ५८ लाख रुपैयाँ छ । त्यस्तै बैकंको सञ्चालन नाफा ४९ करोड रुपैयाँले घटेको छ । अहिले बैंकको सञ्चालका नाफा २६ करोड ३९ लाख रुपैयाँमा सिमित रहेको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६० करोड रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा ६० करोड २५ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०६ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ४१ पैसा छ ।

1

Scroll to Top