Banijya News

आयल निगमले पन्द्र दिनमै फेरी बढायो इन्धनको मूल्य

1
1.1K Shares

पन्द्रदिन अगाडि मात्र तेलको मूल्य बढाएको नेपाल आयल निगमले फेरी इन्धनको मूल्य बढाएको छ । निगमले १५ दिनअघि मात्रै पेट्रोल, डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको थियो भने आज पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि गरेको हो ।


खाना पकाउने ग्यासको मूल्य भने यथावत् छ । अब पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ । वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

1

Scroll to Top