Banijya News

प्रेस काउन्सिलमा श्रेष्ठ हटाइए, कार्यबाहक अध्यक्षमा भण्डारी

1
1.1K Shares

काठमाडौँ, १ भदौ । सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।


बैठकले काउन्सिलको नियमावली नै परिवर्तन गरेर भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए । भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन् । यसअघि, अध्यक्ष नभएपछि श्रेष्ठलाई कार्यबाहकको जिम्मेवारी तोकिएको थियो । उनी लामो सममदेखि काउन्सिलको कार्यबाहक अध्यक्षका रुपमा रहदै आएका थिए ।

त्यस्तै सरकारले नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयको कार्यकारी उपाध्यक्षमा कल्याण रोकालाई नियुक्त गरेको छ ।साथै, मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्रालयका सहसचिवहरू तापस अधिकारी, गेहेन्द्र राजभण्डारी र रामकाजी खड्कालाई राजदूतमा सिफारिश गरेको छ ।

1

Scroll to Top