काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई कोरोना रोक्ने विस्तृत योजना तयार पार्न निर्देशन दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले त्यसका लागि विस्तृत योजना तयार गर्न सीसीएमसीलाई निर्देशन दिएका हुन् । निर्दैशनमा फेरी लकडाउन गर्ने बारेको विस्तृत योजना ल्याउने निर्देशित गरिएको छ ।
एक मन्त्रीका अनुसार सोमबारको बैठकमा अधिकांश मन्त्रीहरुले कोरोना रोकथामका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने आवाज उठेपछि सीसीएमसीलाई सो निर्देंशन दिएका हुन् ।
साथै प्रधानमन्त्री ओलीले आगामी बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले कोरोना रोकथामको रणनीति तय गर्ने बताएको एक ति मन्त्रीले बताए ।
बैंठकमा केही मन्त्रीले १५ दिनका लागि लकडाउन घोषणा गर्नुपर्ने सुझाव समेत दिएका थिए ।
साथै, मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्रालयका सहसचिवहरू तापस अधिकारी, गेहेन्द्र राजभण्डारी र रामकाजी खड्कालाई राजदूतमा सिफारिश गरेको छ ।


