काठमाडौं – नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षा सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन बुँदे मापदण्ड तोकेको छ ।
काउन्सिलले यही भदौ ७ देखि ११ गतेसम्म परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । तर परीक्षा कसरी र कुन रुपमा सञ्चालन गर्ने भन्ने विषयमा मन्त्रलयले मापदण्ड तोकेको हो ।
मन्त्रालयले जारी गरेको सहमतिमा मापदण्डमा पालना गर्ने व्यवस्था काउन्सिलले मिलाउने, परीक्षामा सहभागि विद्यार्थीहरुको संख्या संक्रमणको जोखिम अनुसार छरितो र सानो बनाउने र कोभिड-१९ को प्रोटोकल अनुरुप माक्स सेनिटाइजर जस्ता आवश्यक सामग्री काउन्सिल आफैँले व्यवस्था गरी परीक्षार्थीलाई दिने वा परीक्षार्थीले ल्याउने विषय अनिवार्य रुपले पालना गर्नुपर्ने रहेको छ ।
काउन्सिलले यसका लागि विद्यार्थीको विवरण माग गरेको छ । आएको विवरणबाट मात्र परीक्षा हुने या नहुँने बारेमा निर्कोल हुने छ ।


