काठमाडौं, भदौ ४ः क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा सन्दीप लामिछानेले किफायति बलिङ गर्दै चार ओभरमा २३ रन खर्चेर एक विकेट लिएका छन् । उनले ५२ रनको साझेदारी गर्दै क्रिजमा जमेको चेस र जद्रानको जोडी तोडेका थिए । जद्रानलाई सन्दीपले आफ्नो चौथो ओभरको दोस्रो बलमा रोमन पावलबाट क्याच आउट गराएका थिए । यो खेलमा संन्दीपकाको टिम जमैका तलावास विजयी भएको छ ।
बुधबार राति ट्रिनिडाड एन्ड टोबागोमा भएको खेलमा जमैकाले सेन्ट लुसिया जुक्साई पाँच विकेटले पराजित गर्दै लिगमा विजयी सुरुआत गरेको छ । पहिला ब्याटिङ गर्दै सेन्ट लुसियाले दिएको एक सय ५९ रनको लक्ष्य जमैकाले १८.५ ओभरमा ओभरमा पाँच विकेट गुमाउँदै भेट्टाएको थियो । जमैकाका लागि आसिफ अलीले ४७ र ग्लेन फ्लिप्सले ४४ रनको इनिङ खेले। यस्तै, कप्तान रोमन पावेलले १७ बलमा २६, कार्लोस ब्रेथवेटले नौ बलमा १८ रन बनाउँदा आन्द्रे रसलले १६ रनको योगदान दिएका थिए । सेन्ट लुसियाका केस्रिक विलियम्सले दुई विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको सेन्ट जुक्सले रोस्टन चेसका अर्धशतक मद्दतमा निर्धारित ओभरमा सात विकेटको क्षतिमा एक सय ५८ रन बनायो । चेसले ४२ बलमा चार चोका र दुई छक्काको मद्दतमा ५२ रन बनाए । यस्तै, नाजिबुल्लाह जद्रानले २५, एन्ड्यू फ्लेचरले २२ रन बनाए । एजेन्सी


