एकै दिन नेपालमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुुसार एकै दिन ११ जना संक्रमितको मृत्यु भएको हो ।
शुक्रबार ११ जना संक्रमितको मृत्यु भएको छ। एक दिनको आँकडामा यो संख्या अहिलेसम्मकै धेरै हो । यससँगै कुल मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।
नेपालमा ८३८ जना नयाँ संक्रमित थपिएका छन् । प्रवक्ता डा. गौतमलका अनुसार नयाा संक्रमित हुनेमा २९२ महिला र ५४६ पुरुष छन् । यससँगै जम्मा संक्रमित संख्या ३० हजार ४ सय ८३ पुगेको छ।
गत २४ घण्टामा २५० जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए । योसँगै १८ हजार २ सय १४ जना डिस्चार्ज भई घर फर्किएका हुन्। ५ लाख ७९ हजार ८ सय ९९ जनामा अहिलेसम्म पीसीआर परीक्षण गरिएको उनले बताए ।
यसैबीच, पछिल्ला केही दिनयता आईसीयूमा उपचार गर्नेहरु बढेको उनले जानकारी दिए । हालसम्म १३३ जना आईसीयूमा छन् भने भेन्टिलेटरमा वागमती प्रदेशका १५ जनाको उपचार भइरहेको छ ।
काठमाडौं उपत्यकामा १ सय ८२ जना संक्रमित शुक्रवार थपिएका छन् । २४ घण्टामा २ सय ५० जना डिस्चार्ज भएका छन् ।


