Banijya News

ने.यु.कि.पा. अध्यक्ष संजय कुमार मिश्रको मुत्युपछि कोरोना पुष्टि, मलामीको भागाभाग

1
1.1K Shares

नेपाल युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष संजय कुमार मिश्रको मुत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–३, धकधईका स्थाई बासिन्दा ५३ वर्षीय मिश्रको शनिबार उपचारका लागि लैजाँदै गर्दा भारतको नौतनहवामा मृत्यु भएको थियो ।


सुगर र प्रेसरका विरामी मिश्रलाई थप उपचारका लागि भन्दै शनिबार आफन्तले भारततर्फ लग्दै गर्दा मृत्यु भएको थियो । भारततर्फ लैजानुभन्दा अघि उनको आरडीटी टेष्ट गरिएको थियो । आरडीटी टेष्टको रिपोर्ट नेगेटिभ आएकाले भारततर्फ उपचारका लागि लगिएको रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले जानकारी दिए ।


उनको शब नेपाल ल्याएपछि नेशनल प्याथ ल्याव बुटवलमा पीसीआर जाँच गर्न पठाइएको थियो । आइतबार रिपोर्ट आउँदा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ ।
मिश्रलाई कोरोना भाइरस पुष्टि भएको थाहा हुँदाहुँदै पनि आफन्तले शब जलाएका छन् । चितामा राखेर जलाउनै लागेका बेला कोरोना पुष्टि भएको खबर आएपछि धेरै मलामी नै भागाभाग गरेका थिए ।


गाउँपालिका अध्यक्ष यादवले मलामी १ सय भन्दा केही बढी भएको बताए पनि स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक शाहले भने ४ सय भन्दा बढी मलामी भएको आफूले जानकारी पाएको बताए । गाउँपालिकाले शब जलाइसकिएकाले मृतकका आफन्त, मलामीमा सहभागी सबैलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरिसकेको छ ।

1

Scroll to Top