चितवनमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड(१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको १५ सहित थप १७ जनामा कोरोना देखिएको हो । सोमबार कुल ४०५ वटा नमुनाको परीक्षण गरिएकोमा १७ जनामा कोरोना संक्रमण भएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले बताइन् ।
सार्वजनिक गरेको सूचनाअनुसार चितवनका १५ जना, मकवानपुरका १ जना र गैंडाकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ९ जना रहेका छन् । जसमध्ये २ जना पुरुष र ७ जना महिला रहेका छन् ।
यस्तै अन्य ६ जना पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालबाट स्वाब दिएका थिए । पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक हस्पिटलबाट स्वाब दिएका रत्ननगर(५ र १० का ३६ वर्षीय पुरुष र २८ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । यसैगरि राप्ती नगरपालिका(२ र ८ का ५८ र ४३ वर्षीय दुई पुरुष, २५ र ५१ वर्षीया दुई महिलामा पनि संक्रमण पुष्टि भएको छ ।


