Banijya News

विदेशबाट आउनेलाई होटल क्वारेन्टिनमा बस्नको लागि चर्कोशुल्क

1
1.1K Shares

सरकारले विदेशबाट आउने नेपालीलाई क्वारेन्टिनमा राख्न प्रयोग हुने होटलका लागि न्यूनतम मापदण्ड र त्यसको शुल्क तोकेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्ड उपयुक्त देखिएपनि होटललाई तिर्नुपर्ने शुल्क भने चर्को रहेको छ ।

विदेशमा अलपत्र परेर वा अन्य विविध कारणले नेपाल फिर्ता भएकाहरुको लागि उपयुत्त हुनुपर्नेमा त्यो छैन् । साविकको भन्दा पनि महँगो शूल्य तोकिएको छ । साथै, विमानस्थलबाट होटलसम्म कुन दिन कस्ले यात्रुलाई लैजाने भन्ने जिम्मा पनि व्यवसायीलाई दिएको छ ।

जस अनुसार चार दिन नेपाल होटल संघले र तीन दिन होटल व्यवसायी महासंघले यातायातको व्यवस्था गर्नेछन् । तीन तारे वा सोभन्दा माथिल्लो स्तरको होटलमा जान चाहनेका लागि पनि यी दुई संघले नै समन्वय गर्नुपर्नेछ ।

होटलका लागि न्यूनतम मापदण्ड

  • होटल परिसरको छुट्टै गेट वा कम्पाउण्ड भएको र सकेसम्म घुमफिर गर्न मिल्ने हुनुपर्नेछ ।
  • हवाई यात्रुका लागि खाना, पानी अन्य लजिस्टिक सपोर्ट र स्वाब परीक्षणका लागि नमुना संकलन गर्नको लागि उपयुक्त स्थान हुनुपर्नेछ ।
  • क्वारेन्टिनका रुपमा प्रयोग हुने होटल कम्तीमा २० वटा कोठा भएको हुनुपर्ने छ ।
  • होटलमा अट्याच बाथरुम, टीभी, वाईफाई, नुहाउन तथा पिउन तातो पानीको व्यवस्था हुनुपर्नेछ ।
  • होटलमा खाना खाने तथा अन्य सेवा कोठा तथा प्यासेजमा मात्रै गर्न पाइने छ ।
  • प्रत्येक कोठामा एक हप्तासम्म पुग्ने गरी साबुन, टुथपेस्ट, स्यानिटाइजर, ब्रस, ह्यान्डवास र टावेल हुनुपर्नेछ ।
  • होटलले प्रदान गर्ने सामूहिक खाना, जिम, साउना, इन्डोर तथा आउटडोर खेलहरु बन्द गर्नुपर्नेछ ।


होटलमा क्वारेन्टिनमा बस्दा तिर्नुपर्ने शुल्क
होटलमा क्वारेन्टिनका रुपमा सात दिनसम्म बस्दा तिर्नुपर्ने शुल्क सरकारले तोकेको छ । हवाई यात्राबाट आउने यात्रुले होटल भौचर साथमा लिएर आउनुपर्नेछ । यस्को लागि सरकारले होटलहरुको बर्गिकरण गरेको छ । त्यस्मा इकोनोमी र पर्यटक स्तरका होटलका लागि हरियो, स्टार र बुटिक होटलकालाई नीलो र तीन तारे वा सोभन्दा माथिका होटल र एक जना वा दुई जना बस्ने भन्ने खुलाएको बैजनी रंगको भौचर भर्न भनेको छ ।


इकोनोमी पर्यटकस्तरका होटलमा सात रात र आठ दिनका लागि दुई जना बस्ने कोठाको प्रतिव्यक्ति ११ हजार र एक जना बस्ने कोठाको १७ हजार ५ सय रुपैयाँ लिन पाउने व्यवस्था छ ।

यो अवधिभन्दा बढी बस्नुपर्नेका लागि दुई जना बस्ने कोठामा प्रतिव्यक्ति दिनको १ हजार ५ सय र एक जना बस्ने कोठाका लागि २ हजार ५ सय रुपैयाँ लिन पाउने मापदण्ड बनाइएको छ ।

यस्तै स्टार र बुटिक होटलमा एक जना बस्ने कोठाका लागि दैनिक ४ हजार रुपैयाँ र दुई जना बस्ने कोठाका लागि दैनिक २ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

1

Scroll to Top