Banijya News

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

1
1.1K Shares

काठमाडौं । विभिन्न स्थानमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको गएराति साढे ९ बजे मृत्यु भयोको हो । गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत उनी काठमाडौं निवासी हुन।

त्यस्तै, विराटनगर महानगरपालिकामा एक जना कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएकी मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत महानगरपालिका–१५ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो ।
उता बाँकेमा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । दुवै फोक्सोमा निमोनियाको समस्या भएका उनलाई भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो ।


अर्को दिन कोरोना पोजिटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल बनेपछि कोहलपुर मेडिकल कलेजमा सारेर भेन्टिलेटरको सहायतामा उपचार भइरहेके अवस्थामा मंगलबार राति साढे एक बजे मृत्यु भएको फोकल हो । यो सँगै नेपालमा मृतकको संख्या १६७ पुगेको छ ।

1

Scroll to Top