Banijya News

कृषि विकास बैंकको सेवा आइतबार सम्मका लागि बन्द

1
1.4K Shares

साउन ८, काठमाडौं ।

कृषि विकास बैंकको सेवा आइतबार सम्मका लागि बन्द हुने भएको छ । आज शुक्रबार दिउँसोदेखि आइतबार बिहानसम्म कैंकको सेवा प्रभावित हुने भएको हो । बैंकले हाल संचालनमा ल्याएको कोर बैंकिङ सिस्टम अपग्रेड गर्ने भएकोले आज दिउँसो २ः३० बजेदेखि आइतबार बिहान १० बजेसम्म बैंकको कोर बैंकिङ सिस्टम अन्तर्गत पर्ने सबै सेवा बन्द हुने बैंकले जनाएको हो ।

यस अवधिमा  मोबाइल बैंकिंग, इन्टरनेट बैंकिंग , एटिएम, क्रेडिट कार्ड, किसान क्रेडिट कार्ड लगायत सबै सेवा बन्द रहने बैंकले उल्लेख गरेको छ । बैंकले हाल प्रयोग गरिरहेको कोर बैंकिंग सफ्टवेयर Temenos-24  एप्लिकेसनको भर्जन R-16 लाई Version-R20 मा अपग्रेड गर्न लागेको जनाएको छ ।

1

Scroll to Top