काठमाडौं – साफ च्याम्पियनसीप अन्तर्गतको दोस्रो खेलमा नेपालले श्रीलंका माथि शानदार जीत हात पारेको छ । माल्दिभ्समा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जित निकाल्दै लगातार दोस्रो जित हात पारेको हो । सोमबार राति भएको खेलमा श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरेका थिए भने श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए ।


