नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन तोलाको ९२ हजार ४०० रुपैयाँ, तेजावी सुन ९१ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।असोज ३१ गते प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ कार्तिक ९ गते मंगलबार आइपुग्दा तोलाको ९२ हजार ६०० रुपैयाँ पुगेको हो ।
आज चाँदीको मूल्य भने स्थीर छ । आज चाँदी सोमबारकै मूल्य अनुसार १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


