नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ विनिमय दर निर्धारण गरेको छ । नयाँ दर अनुसार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ ६४ पैसा र बिक्री दर १२० रुपैयाँ २४ पैसा पुगेको छ ।
जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५० पैसा र बिक्री दर १० रुपैयाँ ५५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७५ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको बैंकले जनाएको छ । त्यसैगरी युरो १ को खरिद दर १३९ रुपैयाँ र बिक्री दर १३९ रुपैयाँ ६९ पैसा तथा पाउन्ड १ को खरिद दर १६५ रुपपैयाँ ३२ पैसा र बिक्री दर १६६ रुपैयाँ १५ पैसा पुगेको छ ।
यता कतारी रियाल आज एकको खरिद दर अधिकतम ३२ रुपैयाँ ८६ पैसा र बिक्री दर ३३ रुपैयाँ ०२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, साउदी अरबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ९० पैसा र बिक्रीकर ३२ रुपैयाँ ०६ पैसा रहेको छ ।


