विदाको दिनपनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) आरटीजीएस प्रणाली सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले कात्तिक २४ गते बुधबार र शनिबार (कात्तिक २७ गते) पनि आरटीजीएस प्रणाली नियमित सञ्चालन हुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दे बुधबार र शनिवार पनि आरटीजीएस प्रणाली संचालनमा ल्याउने बताएको छ ।
बैंकले छट पर्वको दिन बुधवार विकास ऋणपत्र २०७८ ‘ङ’ र शनिबार विकास ऋणपत्र २०८५ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो । राष्ट्र बैंकले दुवै दिन बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन राख्न भनेको हो ।
के हो आरटीजीएस प्रणाली ?
आरटीजीएस प्रणालीमार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गरिने प्रणाली हो । यो प्रणाली अनुसार कारोबार भएकौ समयमा बैंकहरुबाट तुरुन्तै भुक्तानी दिन सकिन्छ । यसको लागि कनेक्स आइपीएस गरिहनु पर्देन् ।


