Banijya News

दोस्रो चरणमा ९६ श्रमिक कोरिया जाँदै, १२ हजार प्रतीक्षामा

1
1.0K Shares

रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर २० महिना देखि बसेका नेपाली श्रमिक कोरोना महामारी कम भएसँगै दक्षिण कोरिया जान थालिसकेका छन् ।

यही क्रममा वैदेशिक रोजगारीका लागि दोस्रो चरणमा ९६ जना नेपाली श्रमिक दक्षिण कोरिया जाने भएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार दोस्रो चरणमा ९६ जना नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाइदैछ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले दोस्रो चरणमा ९६ जना नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने अन्तिम तयारी भएको बताए ।

जसअन्तर्गत पहिलो चारणमा ४८ जना नेपाली श्रमिक कात्तिक १० गते दक्षिण कोरिया गइसकेका छन् । सबै प्रक्रिया पूरा गरेका १२ हजार श्रमिक कोरिया जाने पर्खाइमा छन् । ईपीयस कोरिया शाखाका अनुसार नियमित भाषा परीक्षा पास गरेर ‘लेकर कन्ट्रायाक्ट’ आइसकेका करिब पाँच हजार र कोरियाबाट प्रतिबद्ध श्रमिकका रुपमा फर्किएका तीन हजार श्रमिक प्रक्रिया पुगे पनि कोरोना महामारीका कारण रोकिएका थिए ।

1

Scroll to Top