आशा लघुवित्तको वित्तीय विवरण सार्वजनिक भएको छ । लघुवित्तले निष्काशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दाको खुद नाफा १२.४१% ले बढेको देखिन्छ । त्यसको रकम १२ करोड १४ हजार रुपैयाँ हुन जादँछ । गत वर्षको सो अवधिमा १० करोड ६७ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यो अवधिमा खुद ब्याज आम्दानी ३१.८७% ले बढेको छ । रकम २५ करोड ३ लाख ५६ हजार रुपैयाँ हुदछ । अघिल्लो वर्ष सो अवधिमा १८ करोड ९८ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यसैगरी, लघुवित्तको सञ्चालन नाफा पनि १३.०७% ले बढेको हो । त्यसको रकम १७ करोड ५४ लाख ६९ हजार रुपैयाँ हुन जादछ । गत वर्षको सोअवधिमा १५ करोड ५१ लाख ८३ हजार रुपैयाँ कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ९२ पैसा रहेको छ । त्यसैगरी, प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ४ पैसा हुदछ ।


