विन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वित्तिय विवरण जारी गरेको हो । लघुवित्तले जारी गरेको वित्तिय विवरणमा ५३ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको उल्लेख छ ।लघुवित्तले गत वर्ष ६८ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी पनि ७.९२प्रतिसतले घटेको हो । खुद ब्याज आम्दानी रकम ३ करोड २२ लाख रुपैयाँमा पुगेको छ । लघुवित्तले गत वर्ष ३ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
लघुवित्तले ३ करोड १ लाख रुपैयाँ घाटामा रहेको छ । चैत मसान्तसम्म १६ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । साथै, लघुवित्तले ८८ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल चुक्ता पुँजी ७ करोड २४ लाख रुपैयाँ कायम रहेको छ । त्यसैगरी, लघुवित्तको रिजर्भ कोषमा २ करोड ५० लाख रहेको हो ।
लघुवित्तको खराब कर्जा ४.८६प्रतिसत रहेको छ । गत वर्ष खराब कर्जा ४.९९प्रतिसत रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८९ पैसा रहेको छ । साथै, प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ६४ पैसा छ ।


