Banijya News

नष्डो समृद्ध लघुवित्तको खुद नाफा १५.५५प्रतिसतले घट्यो

1
1.0K Shares

नष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण निष्कासन भएको छ । लघुवित्तको वित्तीय विवरणमा सार्वजनिक भएको अनुसार खुद नाफा १५.५५प्रतिसतले घटेको हो । खुद नाफा रकम १६ करोड ४७ लाख ५८ हजार रुपैयाँमा कायम भएको छ । लघुवित्तले गत वर्षको सोहि अवधिमा १९ करोड ५० लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.९२प्रतिसतले घटेको छ । यसको रकम २८ करोड ३५ लाख ५२ हजार रुपैयाँमा हुदछ । त्यसैगरी, सञ्चालन नाफा १५.५५प्रतिसतले घटेको हो । सञ्चालन नाफा २६ करोड १५ लाख २१ हजार रुपैयाँमा कायम भएको छ । गत आवको सोही अवधिमा सञ्चालन मुनाफा ३० करोड ९६ लाख रूपैयाँमा सीमित भएको थियो । हाल लघुवित्तको चुक्तापूँजी ४८.१४ प्रतिशतले बढेको छ । चुक्तापूँजी रकम २५ करोड ५० लाख रुपैयाँमा कायम रहेको हो । गत वर्षको चैतसम्ममा चुक्तापूँजी १७ करोड २१ लाख रुपैयाँ थियो ।

लघुवित्तको जगेडा कोषमा २६.९१ प्रतिशत रकम बढेको छ । कोषमा ५८ करोड ४६ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जगेडा कोषमा ४६ करोड ६ लाख रुपैयाँमा कायम रहेको थियो । प्रतिसेयर आम्दानी ८६ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ ३२९ रुपैयाँ २८ पैसा छ ।

1

Scroll to Top