Banijya News

सूर्योदय वोमी लघुवित्तको खुद नाफा घट्यो

1
1.1K Shares

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक भएको छ ।
लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा गत वर्षको यहि अवधिको तुलनामा ५.४५ प्रतिशतले घटेको जनाएको हो । खुद नाफा रकम १० करोड २५ लाख ६९ हजार रुपैयाँमा कायम भएको हो। अघिल्लो वर्षको सोहि अवधिमा १० करोड ८४ लाख ८२ हजार रूपैयाँ कमाएको थियो ।

कम्पनीको खुद व्याज आम्दानी ३९.१४ प्रतिशतले बढ्न पुगेको हो । यसको रकम ३० करोड ८० लाख ३० हजार रूपैयाँमा कायम भएको छ । कम्पनीको अघिल्लो वर्षको सोहि अवधिमा खुद व्याज आम्दानी २२ करोड १३ लाख ८८ हजार रूपैयाँ भएको थियो । कम्पनीले तेश्रो त्रैमाससम्म आइपुग्दा सञ्चालन मुनाफा १५ करोड ९७ लाख ७ हजार रूपैयाँ आर्जन गरेको छ । सो नाफा रकम ७.२५ प्रतिशतले कम हो ।अघिललो वर्ष सञ्चालन नाफा १७ करोड २१ लाख ९४ हजार रूपैयाँमा कायम रहेको थियो ।

त्यसैगरी, चुक्ता पुँजी ७९ करोड १९ लाख ८५ हजार रुपैयाँ रहेको छ । साथै, कम्पनीको जगेडा कोषमा ५१ करोड ८९ लाख २९ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ५२ पैसा कम्पनीको रहेको छ ।

1

Scroll to Top