Banijya News

नबिल बैंक विश्वका शीर्ष २० बैंकहरूको सूचीमा

1
1.1K Shares

नेपाली बैंकहरु समेत विश्व बैंकको स्थरमा पुगेका छन् । हालै प्रकाशित एक रिपोर्ट अनुसा नेपालको एक बैंक विश्ब बैंकहरुको सूचिमा अग्रस्थानमा पर्न सफल भएको छ । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आईजी ग्लोबल पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूका एस्क्युसिभ लिग तालिकामा सुचीकृत भएपछि नेपाली बैंकको स्थरको बारेमा विश्वमा नयाँ चार्चा भएको हो ।

 

बैंकले एक विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको छ । बैठकले भनेको छ, ‘आईजे ग्लोबल युरोमनी संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो, र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ । आईजे ग्लोबल तथ्यांकले ३२,००० भन्दा बढी कारोबारहरू, २६,००० परियोजनाहरू र २,१०० कोषहरू समावेश गर्दछ जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८०%, शीर्ष कानून फर्महरूको ९०%, र शीर्ष वित्तीय सल्लाहाकारको ८५% को बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ ।’

नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा गरेका परियोजनाहरु प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख छ । वरीयता लिग तालिकामा नबिल बैंक १४ औ स्थानमा छ, जुन जी–एसआईबी शीर्ष २० मा पर्न सफल भएको बैंकले जनाएको छ । लिग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएका विज्ञप्तिमा उल्लेख छ ।

1

Scroll to Top