Banijya News

एक वर्षको अबधिमा भ्रष्टाचार घटेको कांग्रेसको दाबी

1
1.1K Shares

नेपाली कांग्रेसले एक वर्षको अवधिमा भ्रष्टाचार घटेको दाबी गरेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि भ्रष्टाचार नियन्त्रण भएको जानकारी दिएका हुन् । मंगलबार कांग्रेस मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकका निर्णयबारे जानकारी दिने क्रममा प्रवक्ता महतले केपी ओलीको पालामा काण्ड भएकोमा कांग्रेस नेतृत्वको सरकारले त्यसलाई नियन्त्रण गरेको जनाए ।‘एक वर्षको अनुभव छ, सरकार सन्तोषजनक ढंगले चलेको छ । कतिपय उपलब्धीहरु पनि यो सरकारले हासिल गरेको छ । कोभिडको कत्रो चाहिँ ब्यापक प्रकोप थियो । ओलीजीको सरकारको पालमा । पछि चाहिँ भ्याक्सिनेसन ल्याएर सहज जीवन भएको छ । हामी चाँडै बिर्सिन्छौं’ उनले भने, ‘त्यस्तै गरेर ठूलो भ्रष्टाचार, एक पछि अर्को काण्डै काण्ड भएको अवस्था थियो ।

त्यो रोकिएको छ ।’ प्रवक्ता महतले वर्तमान सरकारले सन्तुलित परराष्ट्र नीति अपनाएको जानकारी दिए । एमसीसी संसदबाट पास हुनुलाई पनि उनले सरकारको ठूलो उपलब्धिको रुपमा अर्थ्याए।‘त्यस्तै गरेर वैदेशिक नीतिमा अन्योलता थियो । यो एमसीसी एमसीसी भनेर त्यसैलाई चाहिने विभिन्न किसिमबाट त्यसलाई विशेषण दिने काम भैराख्याथ्यो । त्यो सुस्पष्ट भएर पारित भाको छ । र एउटा सन्तुलित नेपालको आवश्यकता र स्वार्थमा आधारित विदेश नीति सञ्चालन भएको छ’ उनले भने । उनले गठबन्धन सरकार भएकाले सोचेअनुसार काम हुन नसकेपनि सरकारको एक वर्ष उपलब्धिमूलक भएको जनाए । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुरा भएकोबारे कांग्रेसको यस्तो निष्कर्ष आएको हो । सर्वोच्च अदालतको आदेशमा गतवर्ष असार २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए ।

1

Scroll to Top