Banijya News

इसेवा र नागरिक लगानी कोषबीच सेवा बिस्तार सम्बन्धी सम्झौता

1
1.0K Shares

नेपालको अग्रणी भुक्तानी प्रदायक संस्था इसेवा प्रा लि र नागरिक लगानी कोषबीच सेवा बिस्तार बारे एक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार नागरिक लगानी कोषका सेवाग्राहीहरु ले इसेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजना को मासिक भुक्तानी तथा सबै कर्जा को भुक्तानी सजिलै गर्न सक्नेछन् ।

सो सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का तथा नागरिक लगानी कोषका तर्फबाट निर्देशक सी ए शोभा श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो ।

हाल ८० लाख प्रयोगकर्ताको संजाल रहेको इसेवा र नागरिक लगानी कोषको यो सहकार्यले नेपाल सरकारको डिजिटल नेपाल को अवधारणालाई टेवा दिदै बिध्युतीय भुक्तानीलाई अभिप्रेरित गर्ने विश्वास लिइएको छ ।
इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, लोक सेवा आयोग को आबेदन दस्तुर , आन्तरिक राजश्व कार्यालयको राजश्व, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

1

Scroll to Top