आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ।
शुक्रबार प्रतितोला १६ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १६ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो।
यस्तै आज तेजाबी सुनको मूल्यमा पनि स्थिरता कायम हुँदै प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


