Banijya News

सि–कार गाडि अव नक्सालमा, सेकेन्ड ह्यान्ड सवारीसाधन पनि उपलब्ध हुने

1
1.1K Shares

‘सि–कार’ को नयाँ शोरुम नक्सालमा सञ्चालनमा आएको छ । सवारीसाधनसम्बन्धी विभिन्न सेवा एकै थलोमा उपलब्ध गराउने उद्देश्यले शोरुम खोलिएको हो । अभिनेता राजेश हमालले सि–कार सोरुम उद्घाटन गरेका हुन्।

सि–कारमा नयाँ तथा सेकेन्ड ह्यान्ड गाडीको सोरुम, एसेसरिज पसल, चार्जिङ स्टेसन र क्याफेलगायत विभिन्न सुविधा एकै स्थानमा उपलब्ध भएको कम्पनीका संस्थापक रोशन घिमिरेले बताए। सञ्चालन अवसरमा अभिनेता हमालले सवारीसाधनसम्बन्धी एकै थलोमा विभिन्न सेवा उपलब्ध हुनुले ग्राहकको समय र खर्च दुवै बचत हुने हुँदा लाभदायी भएको प्रतिक्रिया दिए।

कम्पनीका अनुसार पछिल्लो समय विद्युतीय सवारीमा अत्यधिक रुचाइएको बिवाईडीको नयाँ सोरुमले ग्राहकलाई सहज हुनेछ। सि–कारमा विभिन्न ब्रान्डका सेकेन्ड ह्यान्ड सवारीसाधन पनि उपलब्ध हुनेछन्। ग्राहकले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्नुका साथै एक्सचेन्ज सुविधा पनि पाउनेछन्।

कम्पनीले सवारी खरिदबिक्रीका साथै सि–कार परिसरमा चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याएको छ, जहाँ एकैसाथ (१५) भन्दा बढी विद्युतीय सवारी चार्ज गर्न सकिनेछ। कम्पनीले यसका लागि दु्रत गतिमा चार्ज हुने सुविधा सञ्चालन गरेको छ।

ग्राहकले सि–कार परिसरमै रहेको इटालियन रेस्टुरेन्ट परिकारको मजा लिन सक्नेछन्। सि–कारमा सवारीसाधनका स्पेयर पार्टस् पनि सुलभ मूल्यमै उपलब्ध हुनेछन्। कम्पनीले ग्राहकलाई अधिकतम सेवा दिने उद्देश्यले सेकेन्ड ह्यान्ड सवारी बिक्री गरेको तीन महिनासम्मको प्राविधिक रुपमा सम्पूर्ण जिम्मेवारी लिनेछ।

‘ग्राहक अहिले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्दा ढुक्क हुने अवस्था छैन, त्यसैले हामीले तीन महिनाका लागि प्राविधिक रुपमा कुनै समस्या आए समाधानको जिम्मेवारी लिने गरी अफर ल्याएका छौं’, घिमिरेले भने।

कम्पनीले ग्राहकलाई अझ बढी सेवा दिने उद्देश्यले बिलबुक निःशुल्क नवीकरण सुविधा पनि ल्याएको छ । सि–कारमार्फत सवारीको बिमा गर्नेले बिलबुक नवीकरणको पनि सुविधा पाउनेछन्। यसका लागि उनीहरुले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्दैन।

कम्पनीले ग्राहकलाई सहज सेवा दिने उद्देश्यले सदस्यता योजना पनि ल्याएको छ। विभिन्न वर्गीकरणका सदस्यता योजनामा सि–कारमा उपलब्ध कुनै पनि सेवा उपयोग गर्दा निश्चित प्वाइन्ट प्राप्त हुन्छ भने विभिन्न सेवामा आकर्षक छुट पाइनेछ। ४ रोपनीमा फैलिएको सि–कारमा करिब ५० जनाले रोजगारी पाएका छन्।

1

Scroll to Top