Banijya News

मुलुकमा केही भएन, वर्वाद भो भन्दै खाली निराशाका कुरा मात्र गरेर जनतालाई भ्रमित नबनाउ : नेता सिटौला

1
1.4K Shares

नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले निराशा फैलाउनेभन्दा पनि सकारात्मक सन्देश लिएर जनतामा जान नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। उनले ‘मुलुकमा केही भएन, बर्बाद भयो’ भनेर जनतालाई भ्रमित नबनाउन सुझाएका छन्।

गण्डकी प्रदेशमा नेपाली कांग्रेसले आयोजना गरेको ‘वर्तमान अवस्था र नेपाली कांग्रेसको जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले उच्च मनोबल र उत्साहका साथ जनताको माझमा जानुपर्नेमा जोड दिए। उनले कांग्रेसले एक नीति, एक विचार, एक सिद्धान्त बोकेर जनताको हितमा काम गर्नुपर्ने बताए।

राजाको शासन र माओवादी द्वन्द्वको बीचबाट मुलुकले प्रगति गरेको उल्लेख गर्दै सिटौलाले अहिलेको अवस्था सन्तोषजनक रहेको बताए। यद्यपि, उनले ‘सबै राम्रैराम्रो भयो’ भन्नुभन्दा पनि अझ गति बढाउनुपर्ने र यसमा कांग्रेसले विशेष भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए। उनले मुलुकको भविष्य कांग्रेसकै काँधमा रहेको र नेपालको नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको दाबी गरे। प्रधानमन्त्री जो भए पनि मुलुकलाई बलियो बनाउने पार्टी कांग्रेस नै भएको उनको भनाइ थियो।

1

Scroll to Top